Close up shot of female pours drops in red eye, has conjuctivitis or glaucoma, bad eyesight and pain. Eyes pain treatment concept. Woman cures red blood eye
काठमाडौं । देशभर फैलिएको आँखा पाक्ने सङ्क्रमणले गर्दा बजारमा औषधीको अभाव भएको छ । पछिल्लो समय देशभर आँखा पाक्ने रोगको सङ्क्रमण बढेसँगै बजारमा आँखामा राख्ने औषधी आइड्रपको अभाव भएको हो ।
भक्तपुर लोकन्थलीका कृष्ण सिन्जाली मगरले भक्तपुरदेखि कोटेश्वरसम्मका सबै औषधी पसलमा पुग्दा पनि आइड्रप नपाएपछि तिलगङ्गा आँखा अस्पतालमा पगे । “तिलगङ्गामा टोकन लिएर डेढ घण्टा लाइनमा बसेपछि बल्ल त्यो औषधी पाएँ,” उनले सुनाए ।
नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल पोखरेलले बजारमा आँखा पाकेका बेला प्रयोग गरिने आइड्रप अभाव भएको जानकारी दिए । उनले केही समयअघिसम्म अस्पतालमा दैनिक १५० जनासम्म आँखा पाकेका बिरामी आउने गरेकोमा हाल ८० देखि ९० जनासम्म त्यस्ता बिरामी आउने गरेको बताए ।
औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले जुनसुकै अस्पतालमा आँखासम्बन्धी औषधी नपाइने बताए । “बजारमा अभाव होला तर अस्पतालमा औषधी अभाव छैन,” उनले भने, “औषधी पसलमा आँखाको औषधी नपाइन सक्छ ।”
उनले औषधी उत्पादकले पनि फार्मेसीमा औषधी वितरण नगरी आँखा अस्पतालमा मात्र गरिरहेको बताए । “बजारमा पर्याप्त नभए पनि आँखा अस्पतालमा आइड्रप अभाव नभएको रिपोर्टिङ प्राप्त गरेको छु,” उनले भने “अस्पतालमा पनि पाइएन भने हामीलाई जानकारी हुनसके तत्काल व्यवस्था गर्ने छौँ ।”
एक जना व्यक्तिको आँखा पाकेमा परिवारका अन्य सदस्यलाई पनि समस्या देखिन सक्ने भन्दै एकै व्यक्तिले चाहिनेभन्दा बढी आइड्रप किन्ने गरेको पाइएको छ । आँखा रोग विशेषज्ञ डा। एरिक वैद्यले आँखा पाक्ने रोगीका लागि औषधी पर्याप्त नभए पनि पाउँदै नपाएको भन्ने अवस्था नरहेको दाबी गरे । यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend