Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु


    सोमबार, असोज १२ २०७७
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । चितवनमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मिर्गौला फेल भएर डायलासिस गरिरहेका कोरोना संक्रमित एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। 

    भरतपुर महानगरपालिका-७ का ५५ वर्षीय पुरुषको भरतपुर अस्पतालमा सोमबार दिउँसो १ः२० मा मृत्यु भएको हो। खोकी लाग्ने र श्वासप्रश्वासमा समस्या भई उनलाई असोज ७ गते अस्पताल भर्ना गरिएको थियो। 

    स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि उनलाई असोज ८ गते कोभिड आईसीयूमा भर्ना गरिएको अस्पतालले जनाएको छ। असोज ७ गते नै ती व्यक्तिमा कोरोना पुष्टि भएको थियो। आइसियुमा कोरोनाको उपचारसँगै उनको नियमित डायलासिस समेत गरिएको अस्पतालले जनाएको छ। 
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार