Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यी मन्त्रीलाई प्रधानमन्त्रीले किन हप्काए ?


    सोमबार, असोज १२ २०७७
    855
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनसहित ३ मन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले हप्काएका छन् । भदौ २९ मा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ बर्षे कार्यकाल सकिंदै थियो । सामाजिक संजालमा उनको पुनर्नियुक्ति हुनुपर्ने पक्षमा लबिइङ भइरहेको थियो । ऊर्जामन्त्री बर्षमान पुनले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका लागि ऊर्जामन्त्रालयबाट प्रस्ताव लगेको तर प्रधानमन्त्री ओलीले रोकेको प्रतिक्रियासहित समाचार सार्वजनिक भए । ऊर्जा मन्त्रालयबाट प्रस्ताव नै नलगी लगेको भनेर प्रधानमन्त्री ओलीले नियुक्ति रोकेको प्रचार गराएकोमा मन्त्री पुनले असोज ५ को मन्त्रिपरिषद बैठकमा हप्की खाएका छन् ।

    प्रधानमन्त्री ओलीले मन्त्री पुनलाई ‘कहिले ल्याउनुभयो प्रस्ताव’ भनी हप्काएपछि उनले आफ्नो सचिवालयबाट गल्ती भएकोमा क्षमा मागेका थिए । आफूले कुलमान नियुक्तिको प्रस्ताव लगेको कुरा भन्दै नभनेको तर सचिवालयबाट त्यस्तो आसयको कुरा बाहिरिएकोमा उनले आफ्नो गल्ती स्वीकार गरेका थिए । एमसीसीको बिषयमा पनि मन्त्री पुनको भूमिकालाई लिएर प्रधानमन्त्री ओलीले कटाक्ष गरेका थिए ।

    त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई पनि नक्साको बिषयमा हचुवाका भरमा देशको भूमिको क्षेत्रफल उल्लेख गरी किताव छपाई गरेको बिषयमा हप्काएका थिए । आधिकारिक रुपमा नापी विभागले प्रमाणित गरी परराष्ट्र मन्त्रालयबाट प्रमाणित गरेपछि मात्र कितावमा उल्लेख गर्नुपर्ने हो तर शिक्षा मन्त्रालयले अन्तर्राष्ट्रिय सीमाको बिषयमा हचुवा ढंगले क्षेत्रफल लेखेर विद्यालय विद्यालयमा अध्यापन गराउनेगरी ५ सय प्रति छापिसकेका थिए ।

    किसानहरुले धान पाक्ने बेलामा पनि मल ल्याउन नसकेको बिषयमा पनि प्रधानमन्त्रीले कृषिमन्त्री घनश्याम भूसाललाई र्याखर्याख पारेका थिए ।         
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार