Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एसिया कप: केएल राहुलले नेपालसँगको खेल नखेल्ने


    मंगलबार, भाद्र १२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एसिया कप क्रिकेटमा भारतका केएल राहुलले नेपालसँगको खेल नखेल्ने भएका छन् ।

    चोटका कारण उनले एसिया कपका सुरुका दुई खेल खेल्न नसक्ने प्रमुख प्रशिक्षक राहुल द्रबिडले जानकारी दिएका छन् ।

    विकेट किपर ब्याटर केएल राहुलले नियमति प्रशिक्षण गरिरहेको सुधार पनि भइरहेको द्रबिडले बताए ।

    भारतले आफ्नो पहिलो खेल पाकिस्तानसँग २ सेप्टेम्बरमा खेल्ने छ भने नेपाल र भारतको खेल ४ सेप्टेम्बरमा श्रीलंकामा नै हुने छ ।

    केएल राहुलको अनुपस्थितिमा इशान किसनले भारतका लागि विकेट किपिङ गर्ने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार