Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारले बेच्यो ४६ क्‍विन्टल प्याज


    सोमबार, असोज १२ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले तीन दिनमा ४६ क्‍विन्टल प्याज बिक्री गरेको छ । बजारमा जफत गरेको १ सय ४६ क्विन्टल प्याजमध्ये आइतबारसम्ममा ४६ क्विन्टल प्याज बिक्री गरेको खाद्य व्यवस्था तथा बजार व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

    कम्पनीले गएको शुक्रबारदेखि बजार अनुगमनका क्रममा जफत भएका प्याज बिक्री गरिरहेको हो । बजारमा एक सय ३० रुपैयाँभन्दा बढीमा प्याजको बिक्री भइरहेको छ । यो मूल्य पसलैपिच्छे फरक छ । किलोको एक सय ३० भन्दा कम मूल्यमा खुद्रा पसलमा प्याज पाइँदैन ।

    सरकारले गएको हप्ता बल्खु तरकारी बजारमा अनुगमनका क्रममा जफत भएको प्याज किलोको ६० रुपैयाँमा बेचिरहेको छ । किलोको ६० रुपैयाँमा प्याज पाइने भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा उपभोक्ताको लामो लाइन छ । कम्पनीले एक जनालाई बढीमा तीन किलोसम्म प्याज बिक्री गरिरहेको छ ।

    काठमाडौंको मुख्य थोक बजार कालीमाटी फलफुल तथा तरकारी बजारमा सोमबार प्याज किलोको एक सय रुपैयाँ तोकिएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार