Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टिपरको ठक्करबाट मोरङमा मोटरसाइकल चालकको मृत्यु


    मंगलबार, भाद्र १२ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • विराटनगर। मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट आज बिहान मोटरसाइकल चालकको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका-४ स्थित ओमसाई पेट्रोल पम्पनजिक बिहान ६:१५ बजेतिर दुर्घटना भएको हो ।

    पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०२-०५२ प ४२४१ नम्बरको मोटरसाइकललाई पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३-००१ क ००९५ नम्बरको टिपरले ठक्कर दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

    उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको तेरहौता घर भएका २८ वर्षीय निरज यादवको मृत्युु भएको हो । टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई उपचारका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टर लगिएको थियो ।

    अस्पताल पुर्याएको केहीबेरमै यादवलाई चिकित्सकले बिहान ६:५० बजेतिर मृत घोषित गरेको डीएसपी दाहालले बताए । उनका अनुसार शवलाई पोस्टमार्टमका लागि सोही अस्पतालमा राखेर घटनाका बारेमा आफन्त एवं परिवारका सदस्यलाई जानकारी गराइएको छ ।

    टिपर र चालक झापाको मेची नगर नगरपालिका-११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार