Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धरानमा कोरोनाबाट ३८ वर्षीया महिलाको मृत्यु


    सोमबार, असोज १२ २०७७
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । धरानमा कोरोना संक्रमणबाट ३८ वर्षीय महिलाको मृत्यु भएको छ।

    धरान उपमहानगरपालिका-२ की संक्रमित महिलाको सोमबार बिहान पौने ६ बजे मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

    प्रतिष्ठानमा ११ गते राति पौने १२ बजे भर्ना भएकी थिइन्। उनको आजै कोरोना पुष्टि भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए। उनका अनुसार दीर्घ रोग थिएन। 

    यो सँगै प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार