Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • राप्रपा अध्यक्ष लिङ्देन भन्छन्- कोशीमा सभामुख फालाफाल छ, कसैसँग सौदा गर्नै पर्दैन


    मंगलबार, भाद्र १२ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा संसदीय समितिको सभापति लिने क्रममा सत्ता गठबन्धनसँग कुनै लेनदेन नगरेको उल्लेख गरेका छन्।

    मध्यपूर्वका भ्रमण सकेर आज स्वेदश फर्किएका लिङ्देनले आफूहरुको दलको हैसियत अनुसार समिति सभापति लिएको दाबी गरे । समिति सभापति लिनुलाई लेनदेनसँग जोडेर प्रचार गरिएको भन्दै उनले भने, ‘कुनै लेनदेनको सहमति भएको छैन ।’

    सत्तारुढ र प्रमुख प्रतिपक्षी दलबीच भएको भागवण्डामा आफूले पाएको पूर्वाधार विकास समितिको सभापति माओवादी केन्द्रले अन्तिम समयमा राप्रपालाई दिएको थियो । त्यसक्रममा कोशीमा सभामुख र एउटा मन्त्री लिएर कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सघाउने सहमति भएको सत्तारुढ नेताहरुको दाबी थियो ।

    लिङ्देनले भने कोशी प्रदेशमा प्रक्रियागत रुपमै राप्रपाले चाहेर पनि अहिलेको सरकारलाई सहयोग गर्ने वा विश्वासको मत दिने चरण समाप्त भइसकेका बताए । उनले अघि भने, ‘अहिलेको अवस्थामा सभामुख फालाफाल अवस्थामा छ । सभामुख लिन कसैसँग सौदा गर्नै पर्दैन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार