Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुई राप्रपाबीच आज एकता घोषणा हुँदै


    बुधबार, पुष १६ २०८२
    760
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)बीच आज एकता घोषणा हुँदैछ ।

    महाधिवेशनमा लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि असन्तुष्ट बनेर राप्रपा छाडेर राप्रपा नेपाल सक्रिय बनाएका थापा आज राप्रपामै फर्किन लागेका हुन् ।

    झण्डै ४ वर्षपछि दुई राष्ट्रवादी शक्ति एकता गरेर अघि बढ्ने तयारीका रुपमा आज दिउँसो १ बजे राष्ट्रिय सभागृहबाट एकता घोषणा हुन लागेको हो ।
    एकता घोषणापछि राप्रपा नेपालका नेताहरुलाई सम्मानजनक भूमिका दिएर पार्टी अघि बढाउने लिङ्देनको प्रतिवद्धता छ ।

    राप्रपासँग एकता गर्ने सैद्धान्तिक सहमतिपछि राप्रपा नेपालबाट प्रतिनिधि सभामा समानुपातिकको बन्द सूची पनि पठाइएको छैन भने राप्रपाले पेश गरेको बन्द सूचीमा पनि कमल थापा पक्षधरहरु समेटिएका छैनन् ।

    यस्तै, राप्रपाले महाधिवेशन ६ महिना पर सारेको र निर्वाचनको माहौल भएकाले अहिले सम्मानजक हैसियतकमा पार्टी निर्माणमा सक्रिय हुने तयारी मात्रै रहेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार