Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता मुलुकका लागि अभिशाप भइसक्यो:राजेन्द्र लिङ्देन


    बुधबार, फाल्गुन ९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता मुलुकका लागि अभिशाप भइसकेको बताएका छन् ।

    उनले मुलुकलाई गम्भीर दुर्घटनाबाट जोगाउन कांग्रेस, एमाले र माओवादी केन्द्रले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको बाटोमा पुनर्विचार गरी राजादेखि माओवादीसम्म अट्ने खालको नयाँ सम्झदारी गरेर अघि बढ्नुपर्ने बताए ।

    राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गदै बुधवार र्‍यालीसहितको विरोध प्रदर्शनपछि काठमाडौंमा आयोजित कोणसभामा बोल्दै अध्यक्ष लिङ्देनले देश यथास्थितिमा अघि बढाउन खोजे गम्भीर दुर्घटनामा फस्ने चेतावनी दिए ।

    उनले आफूहरुले देशलाई पछाडि फर्काउन चाह्यो भनेर भ्रमपूर्ण प्रचार नगर्न पनि प्रमुख दलका शीर्ष नेताहरुलाई सचेत गराए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार