Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काराबाख क्षेत्रमा भीषण गोलाबारी, कम्तीमा ३९ जनाको मृत्यु


    सोमबार, असोज १२ २०७७
    740
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बाकु। आर्मेनियाका पृथकतावादीहरुले नागोर्नी काराबाख क्षेत्रमा भएको संघर्षमा सोमबार आफ्ना अरु १५ जना लडाकू मारिएको जनाएका छन् । 

    आर्मेनियाबाट अलग्गिएको घोषणा गरेका काराबाख क्षेत्रका पृथकतावादीतर्फ छिमेकी अजरबैजानी सेनाले गरेको कारबाहीमा हालसम्म ३९ जनाको ज्यान गइसकेको छ । 

    विश्वका नेताहरूले अजरबैजान र आर्मेनियाली विद्रोहीहरुबीच जारी लडाईं रोक्न आग्रह गरेका छन् । यो संघर्ष तत्कालै नरोकिए त्यसले क्षेत्रीय शान्तिमै असर पार्ने अनुमान गरिएको छ । त्यहाँ मध्यस्थता गराउन रुस र टर्कीले विशेष भूमिका खेल्न सक्ने बताइएको छ । 

    पूर्व सोभियत आर्मेनिया र अजरबैजानबीच सन् १९९० को दशकको सुरुदेखि नै आर्मेनिया–समर्थित पृथकतावादीसँग नागोर्नी काराबाखको विषयलाई लिएर संघर्ष हुँदै आएको छ । 

    यस वर्षको सुरुमा र सन् २०१६ मा पनि लडाई भएको थियो । रक्षा मन्त्रालयले काराबाखमा सोमबार ३२ जना सैनिकको ज्यान गएको जनाएको छ ।

    गोलाबारीमा परेर आर्मेनियाली क्षेत्रतर्फ सात जनाको एउटा परिवारका सबै सदस्यको मृत्यु भएको बताइएको छ ।

    आर्मेनियाली रक्षा मन्त्रालयले पहिलो रात र सोमबार बिहान भारी लडाई जारी रहेको जनाएको छ ।

    अजरबैजानी सेनाले आइतबार अखडा जमाएको क्षेत्रलाई पुनः फिर्ता लिएको मन्त्रालयले दाबी गरेको छ । तर अजरबैजानले लडाईंमा आफू अझ अघि बढेको जनाएको छ । एएफपी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार