Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ३८ घण्टादेखि बेपत्ता भएका डोल्पाका मेजर पण्डित अझै सम्पर्कमा आएनन्


    मंगलबार, भाद्र १२ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सुर्खेत । आइतबार साँझदेखि सम्पर्कविहीन भएका नेपाली सेनाको डोल्पाका गुल्मपति विमल पण्डितको अवस्था अझै अज्ञात रहेको छ

    उनी डोल्पाको सदरमुकाम दुनैस्थित नन्दबक्स ब्यारेक भदालेका प्रमुख मेजर हुन्। तर ३८ घण्टादेखि बेपत्ता भएका उनी अझै सम्पर्कमा आएका छैनन् ।

    मेजर पण्डित सदरमुकाम दुनैबाट सार्वजनिक जीप रिजर्भ गरेर त्रिपुराकोट हिँडेको र त्यसपछि सम्पर्कविहीन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेल नेपाल प्रेसलाई जानकारी दिए ।

    त्रिपुरा, लिपु, खोदाङ्ग लगायतका साइटमा खोजी भएपछि अहिलेसम्म भेट नभएको उनले बताए ।

    उनले भने, ‘अहिलेसम्म कुनै केही संकेत आएको आएन । स्थानीयलाई सोध्दा पनि कसैले कहीँ देखे पनि भन्दैनन् । उहाँको परिवारबाट पनि फोन आइरहेको छ । सबै चिन्तित छन् । अहिले त प्रत्येकको घर घर खोजिरहेका छौँ । दुर्गम जिल्ला भएको हुँदा स्याउ खाने हिसाबले गाउँमा जानू भएको छ कि भनेर । नदी किनार, खोल्साखाल्सीमा हेर्न लगाएका छौँ । जतिसक्दो प्रयास गरिरहेका छौँ ।’

    मेजर पण्डितको स्थायी घर काठमाडौंमा भएको पोखरेलले बताए ।

    आज मंगलबार बिहान पनि सेनाको टोली पुनः खोजी कार्यका लागि निस्किएको पोखरेलले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार