Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डा. केसीको सत्याग्रहको १५ दिन: स्वास्थ्य झन् बिग्रियो, माग सम्बोधनमा सरकार उदासिन


    सोमबार, असोज १२ २०७७
    880
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य सेवा सुधारका माग गर्दै १५ दिनदेखि सत्याग्रहमा बसिरहेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ। उनलाई जुनसुकै वेला पनि गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्ने चिकित्सकले बताएका छन्।

    डा.केसीलाई त्रिवि शिक्षण अस्पताल, महाराजञ्जमा राखिएको छ। उनले अस्पतालमै सत्याग्रह जारी राखेका छन्। उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनी कमजोर भएका छन्। 

    डा.केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएको भएपनि सरकारले भने वास्ता गरेको छैन।  उनको माग सम्बोधन गर्न र सत्याग्रह तोडाउनका लागि अहिलेसम्म पहल थालेको छैन। डा.केसीले असोज २९ गते जुम्लाको चन्दननाथ नगरपालिकास्थित बाबिरा मष्टो मन्दिरको धर्मशालामा सत्याग्रह सुरु गरेका थिए।

    धर्मशालाबाट स्थानीय प्रशासनले राति बलजफ्ती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारेको थियो। त्यसपछि उनी हिंसात्मक घटना हुनसक्ने भन्दै काठमाडौं आएका थिए। काठमाडौं आएको पनि ६ दिन भएको छ।

    तर,अहिलेसम्म सरकारले माग सम्बोधन गर्नका लागि कुनै पहल गरेको छैन। यसैबीच नागरिक अगुवाहरुले उनको जीवन रक्षाका लागि आग्रह गरेका छन्। डा.केसीले अघि सारेका माग जनताको पक्षमा रहेकाले तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार