Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कटुवा पेस्तोलसहित एक किशोर पक्राउ


    सोमबार, भाद्र ११ २०८०
    950
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सुनसरी । एक जना किशोर कटुवा पेस्तोलसहित सुनसरीमा पक्राउ परेका छन् । बर्जु गाउँपालिका-६ बेलाहा टोल बस्ने १८ वर्षीय किशोरलाई कटुवा पेस्तोल १ थान र सोही पेस्तोलमा लाग्ने गोली १ राउण्डसहित सोमबार प्रहरीले पक्राउ गरेको हो ।

    ती किशोरले घरमा हतियार राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले आइतबार राति उनको कोठाबाट उक्त पेस्तोल र गोली बरामद गरेको बताइएको छ ।

    तत्काल फरार ती किशोरको खोजी गर्ने क्रममा बर्जु गाउँपालिका-५ स्थित आफन्तको घरमा बसिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार