Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अब ड्रुक एयरले भुटानको पारोबाट पोखरा उडान गर्ने


    सोमबार, भाद्र ११ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । अबदेखि भुटानको ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ ।

    ड्रुकले आगामी ९ सेप्टेम्बर (२३ भदौ)का दिन पारोबाट पोखरा उडान गर्न अनुमति पाएको हो । यो चार्टर्ड उडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

    उनका अुनसार यो जहाज पोखराबाट पारो नै उड्नेछ । यहाँ न्यारोबडी जहाजले उडान गर्नेछ ।

    नयाँ विमानस्थलमा उडान सुरु हुन केही समय लाग्ने भएको र अब भने क्रमशः उडानहरु आउने थालेको उनले बताए । पोखरामा ड्रुक एयर आउने सुखदः विषय हो, उनले भने, यसले आगामी दिनमा थप जहाजहरु आउने बाटो खुल्ने छ ।’

    चार्टर्ड उडानको रिपोर्टका आधारमा ड्रुकले भुटानबाट नियमित उडानको समेत आश्वासन दिएको उनले बताए । ‘पोखरामा अब नियमित उडान हुनेछ भन्ने विश्वास हाम्रो छ ।’

    अंग्रेजी नयाँ वर्षको दिन पारेर १ जनवरी २०२३ का दिन उद्घाटन भएको यो विमानस्थलमा अहिलेसम्म अन्तर्राष्ट्रिय व्यवसायिक एउटा चार्टर्ड उडान मात्र भएको छ ।

    अन्य उडान भने आन्तरिक मात्र भइरहेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार