Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एसिया कप खेल्न पाकिस्तान लागे सन्दीप लामिछाने


    सोमबार, भाद्र ११ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने आज सोमबार पाकिस्तान प्रस्थान गरेका छन् । एसिया कप क्रिकेट खेल्नका लागि उनी पाकिस्तान उडेका हुन्।

    कतारको दोहा हुँदै लामिछाने पाकिस्तान पुग्ने बताइएको छ ।

    जबरजस्ती करणीको कसुरमा आइतबार अन्तिम सुनुवाइ हुने भनिए पनि समय अभावका कारण सन्दीपको मुद्दा हेर्न नभ्याउनेमा परेपछि सन्दीप सोमबार पाकिस्तान गएका हुन् । जबरजस्ती करणीको कसुरमा सन्दीपविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।

    लामिछानेको अर्को पेसी भदौ २१ गते तोकिएको छ । भदौ १८ अर्थात् सेप्टेम्बर ४ तारिखको नेपाल र भारतबीचको खेले खेलेर लामिछाने भदौ २० गते नेपाल फर्किनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार