Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज यी जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम


    सोमबार, भाद्र ११ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । आज देशभरका केही नदी तथा खोलामा आकस्मिक बाढीको सम्भावना रहेको छ । विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेकाले ३३ जिल्ला भएर बहने नदी र खोलामा बाढीको जोखिम रहेको हो ।

    इलाम, झापा, पाँचथर, ताप्लेजुङ, पाँचथर, संखुवासभा, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मकवानपुर, काभ्रेपलान्चोक, गोरखा, कास्की भएर बहने नदी तथा खोलामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

    पर्वत, लमजुङ, बागलुङ, स्याङजा, पाल्पा, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालिकोट, अछाम, बाजुरा, बझाङ, बैतडी, दार्चुला र आसपास भएर नदी र खोलामा बहाव बढ्न सक्ने पूर्वानुमान रहेको महाशाखाको भनाइ छ ।

    आज कमला र यसका सहायक नदीमा जलसतह सतर्कता आसपासमा नै हुने भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपानाउन पनि महाशाखाको आग्रह छ ।

    आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह घट्दो क्रममा रहने महाशाखाले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार