काठमाडौँ। भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा मृत फेला परेका रामेछाप मन्थली नगरपालिका-३ का कमल बस्नेतको शव परीक्षण गर्न उनका परिवार सहमत भएका छन्।
आइतबार भएको आठौं दिनको छलफलपछि कमलको शव परीक्षण गर्न उनका परिवारले सहमति दिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।
गत आइतबार (भदौ ३ गते) सुधार गृहमा अचेत भेटिएका कमललाई लगत्तै अस्पतालले मृत घोषणा गरेको थियो।
सुधार गृहको लापरबाहीका कारण कमलको मृत्यु भएको भन्दै उनका परिवार र आफन्तको प्रदर्शनका कारण त्यस दिन दिनभर सुधार गृह तनावग्रस्त बनेको थियो।
कमलको खुट्टामा निलडाम देखिएकोले कमलको हत्या भएको आशंकामा उनका परिवारले निष्पक्ष छानबिन नभएसम्म शव परीक्षण गर्न नदिने अडानमा थिए।
त्यसपछि घटनाको छानबिन गर्न तीन सदस्यीय समिति बनेको थियो। समितिले प्रतिवेदन बुझाइसकेको छैन।
हिजो प्रमुख जिल्ला अधिकारी रिजाल, भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसी, सुरक्षा निकायका प्रमुखहरु, युसेप नेपालका निर्देशक केशव सुवाल र प्रतिनिधिहरु तथा मृतक परिवारसँग भएको छलफल सहमतिमा टुंगिएको हो।
‘मृतकको परिवारलाई यथोचित आर्थिक सहायता दिने सहमतिपछि उहाँहरू शव पोस्टमर्टम गरी अन्तिम संस्कारका लागि तयार हुनुभएको छ,’ प्रजिअ रिजालले भने।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend