Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एसिया कप खेल्न सन्दीप लामिछाने आज पाकिस्तान जाँदै


    सोमबार, भाद्र ११ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज पाकिस्तान जाँदै छन्। उनी एसिया कप खेल्न आज बिहान १० बजे पाकिस्तान जान लागेका हुन्।

    सन्दीपमाथि अन्तिम सुनुवाइ हुनेगरी आइतबार तोकिएको पेशी हेर्न नभ्याइएका कारण भदौ २१ लाई सरेपछि पाकिस्तान जाने बाटाे खुलेकाे हाे।

    उनी भदौ २१ अघिको पेशीअगावै काठमाडौं आइपुग्ने उनका वकिल सरोजकृष्ण घिमिरेले देश सञ्चारलाई जानकारी दिए।

    एसिया कपका लागि नेपाली क्रिकेट टिमका अन्य सदस्यहरू भने पाकिस्तान पुगिसकेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार