Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भैरहवाबाट हङकङ र दिल्ली उडान गर्दै नेपाल एयरलाइन्स


    आइतबार, भाद्र १० २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल एयरलाइन्सले मंगरबारदेखि भैरहवास्थित गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र दिल्ली उडान गर्ने भएको छ ।

    निगमले काठमाडौलाई ट्रान्जिट बनाएर हङकङ र दिल्ली उडान गर्न लागेको हो । हाल निगमले मलेसिया—भैरहवा उडान गर्दै आइरहेको छ । निगमले प्रत्येक मंगलबार भैरहवाबाट हङकङ र दिल्ली उडान गर्नेछ ।

    निगमले हरेक मंगलबार भैरहवा–हङकङ, भैरहवा–दिल्ली उडान गर्ने लागेको हो । उक्त उडान भदौ १२ गतेदेखि उडान सुरु हुनेछ ।

    “मंगलबार बिहान ८ः३० बजे भैरहवाबाट उडेको जहाज काठमाडौंमा ९ बजे अवतरण हुनेछ,” उनले बाह्रखरीसँग भने, “त्यसपछि हङकङ जाने यात्रु हङकङ जाने फ्लाइटमा चढ्नेछन् भने दिल्ली जाने यात्रु दिल्लीको फ्लाइटमा जानेछन् ।”

    अहिले निगमले मलेसियाको क्वालालम्पुर–भैरहवा उडान गर्दै आइरहेको छ ।

    निगमको न्यारोबडी जहाज सोमबार काठमाडौंबाट मलेसिया जान्छ । उक्त जहाज मंगलबार मलेसियाबाट भैरहवामा ल्यान्ड हुन्छ ।

    मलेसियाबाट आएका यात्रुलाई भैरहवामा अवतरण गराएपछि भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई लिएर जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गर्छ । यहाँबाट हङकङ र दिल्लीको निगमकै उडानमा यात्रुलाई पठाइने निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार