सिन्धुलीमाढी । घाँस काट्न गएका बेला खोलाले बगाउँदा तीन दिनदेखि बेपत्ता भएका सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका –६ राँगेचुरी निवासी एकै घरका आमाछोरा मृत अवस्थामा भेटिएका छन् ।
बेपत्ता मध्येकी ५७ बर्षीया माया गोले (आमा) लाई रौतहटको गरुडा नजिक बागमती नदीको किनारमा आइतबार बिहान मृत अवस्थामा फेला पारेको सो वडाका अध्यक्ष एकबहादुर मोक्तानले जानकारी दिए । त्यस्तै, २८ बर्षीय छोरा राजकुमार गोलेलाई गाउँकै क्यानखोला र खड्कुले खोलाको दोभानमा शनिबार दिउँसो मृत अवस्थामा फेला पारेको उनले बताए।
उनका अनुसार बेपत्ता भएका आमाछोरा बिहीबार दिउँसो ३ बजेतिर घरदेखि करिब एक किलोमिटर टाढा रहेको ब्रमठाकुर सामुदायिक वनमा घाँस काट्न गएका थिए । बेलुकासम्म घरमा नफर्केपछि आफन्त, स्थानीय र प्रहरीले खोजी गर्न सुरु गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशब कटुवालले रौतहट जिल्लाको गरुडा नजिक बागमती नदीको किनारमा एक जना महिलाको शब फेला परेको बताए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend