Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सानोठिमीको बालसुधार गृहबाट भागेका ८६ जना ‘नाबालक बन्दी’ बानेश्वरबाट पक्राउ


    आइतबार, भाद्र १० २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रहरीले भक्तपुरको सानोठिमी स्थित बालसुधार गृहबाट भागेका ८६ जना नाबालक बन्दीहरूलाई बानेश्वर क्षेत्रबाट पक्राउ गरेको छ।

    उनीहरू सानोठिमीबाट आउँदै गर्दा कोटेश्वर, तीनकुने र नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ परेका हुन् ।

    पक्राउ गरिएका ८६ जनालाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ। फरार भएका २२१ जना जना नाबालक बन्दी मध्ये धेरैलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यले बताए।

    बालसुधार गृहमा ‘नाबालक बन्दी’ कमल बस्नेतको मृत्यु भएको घटनाको विषयमा प्रदर्शन हुँदा झडप भएको थियो। झडपको क्रममा नाबालक बन्दीहरू भागेका हुन्।

    रामेछापको मन्थली नगरपालिका घर भएका १८ वर्षीय बस्नेतको आइतबार बिहान मृत्यु भएको थियो।

    मृतकको शव पोष्टमार्टमका लागी काठमाडौँ मेडिकल कलेजमा पठाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार