काठमाडौं । अमेरिकी सिनेटको वैदेशिक मामिला तथा विनियोजित उपसमिति सदस्य सिनेटर क्रिस भ्यान होलेन नेपाल भ्रमणमा आउनेभएका छन् । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना सम्झौता आउँदो १३ भदौबाट लागू हुन गइरहेका बेला होलेन नेपाल आउन लागेका हुन् ।
उनी एमसिसी परियोजना लागू हुने आसपास नेपालमा आउने कार्यतालिका छ । उनको भ्रमण तालिकामा अमेरिकी सहयोग परियोजनाको विषय पनि महत्वपूर्ण एजेन्डा छ ।
होलेनको सचिवालयले दिएको जानकारीनुसार उनले नेपाल, श्रीलंका र मालदिभ्सको भ्रमण गर्नेछन् । उनले नेपाल भ्रमणका क्रममा प्रमुख सरकारी अधिकारीहरू, नागरिक समाज संगठनहरू, उद्योगका नेताहरू, गैरनाफामूलक संस्था, स्थानीय दूतावासका कर्मचारीहरू र प्रत्येक राष्ट्रमा काम गर्ने अमेरिकीहरूसँग भेटघाट र छलफल गर्ने कार्यतालिका छ ।
नेपालमा रहँदा होलेनले राजनीतिक दलका प्रमुखहरूलाई भेट्नेछन् । अमेरिकाका प्रभावशाली सिनेटर रहेका होलेनले नेपाल भ्रमणमा संयुक्त राज्य अमेरिकी सहयोग परियोजनाहरू र सांस्कृतिक महत्वका स्थानहरूको भ्रमण गर्नेछन् । नेपालमा एमसिसी परियोजना लागू हुने समय तालिकाको हुन लागेको होलेनको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यो समाचार राजधानी दैनिकमा छ ।
काठमाडौँ । सरकारले सडक सुधारका लागि एसियाली विकास बैंक ९एडीबी०बाट ऋण तथा अनुदान सहायता स्वीकार गर्नेदेखि दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेसम्मका ६...
काठमाडौँ। सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलसमक्ष दुईवटा अध्यादेश जारी गर्न...
काठमाडौँ। सरकारले आज अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो। बैठकमा विभिन्न मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेस भएका...
काठमाडौं। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-०४,फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकोप्टर आपसमा ठोक्किँदा घाइते भएकामध्ये दुईजनालाई उपचारका लागि काठमाडौं ल्याएको छ। फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति,डाइनेस्टी एयरका...
काठमाडौँ। काठमाडौं महानगरपालिकाले तिहारमा फूल तथा फूलका माला बिक्री वितरणका लागि महानगरभित्रका विभिन्न स्थान तोकेको छ। महानगर प्रहरी बलले सूचना जारी गर्दै नेपाली किसानले उत्पादन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend