काठमाडौं । चार देश सम्मिलित महिला टी–२० क्रिकेट सिरिजमा नेपालले हङकङलाई पराजित गरेको छ । मलेसियाको बायोमास ओभल मैदानमा शनिबार भएको फाइनलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि जितेको हो ।
हङकङले दिएको एक सय दुई रनको विजय लक्ष्य पछ्याएको नेपालले ५.३ ओभरमा वर्षाले खेल रोकिएको थियो । भारी वर्षाका कारण पुन: खेल सुचारु हुन नसक्दा नेपाल डकवर्थ लेविस प्रणालीका आधारमा विजयी भएको थियो ।
वर्षा सुरु हुनुअघि नेपालले ५.३ ओभरमा एक विकेटको क्षतिमा ३७ रन बनाएको थियो । नेपालकी इन्दु बर्माले १९ रन बनाउनुभयो । सीता रानामगरले १३ रन बनाउनुभयो । नेपालले ओपनर काजोल श्रेष्ठ पहिलो बलमै गुमाएको थियो ।
यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय एक रन बनाएको थियो । हङकङकी कप्तान केरी चानले सर्वाधिक २९ रन बनाइन् ।
मारिना लम्प्लगले १९, शान्जिन शाहजादले १४ र इक्रा साहर १० रन बनाइन् । बलिङमा नेपालकी खुशी डंगोलले तीन विकेट लिइन् । अश्मिना कर्माचार्य र कविता जोशीले एक एक विकेट लिइन् । सिरिजमा नेपाल नेपाल शीर्ष र हङकङ दोस्रो स्थानमा रहँदै फाइनल खेलेका थिए । मलेसियाले कुवेतलाई हराउँदै तेस्रो बन्यो ।
नेपालले आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअघि तयारीका लागि सिरिज खेलेको हो । नेपालले आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अगस्ट ३१ देखि सेप्टेम्बर ९ सम्म मलेसियामै खेल्नेछ । नेपाल रहेको समूह ‘ए’मा संयुक्त अरब इमिरेट्स (युएई), कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छ ।
नेपालले पहिलो खेल ३१ अगस्टमा मलेसिया, दोस्रो खेल सेप्टेम्बर १ मा बहराइन, तेस्रो खेल सेप्टेम्बर ३ मा भुटान, चौथो खेल सेप्टेम्बर ४ मा कतार र अन्तिम खेल सेप्टेम्बर ६ मा युएईसँग खेल्नेछ ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend