Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • इटहरीमा पनि हिन्दुवादीहरूको प्रदर्शन


    शनिबार, भाद्र ९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सुनसरी । सुनसरीको इटहरीमा पनि हिन्दुवादीहरूले प्रदर्शन गरेका छन् । उनीहरुले आज धरानमा भएको गौहत्याको विरोधमा प्रदर्शन गरेका हुन् ।

    इटहरीमा पनि उनीहरूले गणतन्त्र तथा वर्तमान सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।

    प्रदर्शनपछि इटहरीको उत्तर तरहरास्थित धरान जाने सडक अहिले सुनसान छ । तरहराबाट धरान प्रवेश मार्गमा प्रहरीले उच्च सतर्कता अपनाएको छ ।

    यता, स्थानीय प्रशासनले धरानका विभिन्न स्थानमा शुक्रवार नै राति देखिनै निषेधाज्ञा नै जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार