Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ९ जना जुवाडे पक्राउ


    आइतबार, असोज ११ २०७७
    605
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले ९ जुवाडेलाई पक्राउ गरेको छ ।

    प्रहरीले उनीहरूबाट ७५ हजार, २ सय १० रूपैयाँ नगद र २ बुक ताससमेत बरामद गरेकाे छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका २ बाट शनिबार राती जुवातास खेलिरहेको अवस्थामा ९ जुवाडेलाई पक्राउ गरेको हो ।

    बोगटी चोकस्थित एक घरमा जुवा खेलिरहेको सूचनाका आधारमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेकाे थियाे । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार