Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बलात्कार मुद्दा पैसामा मिलाउन खोज्ने अभियुक्तका बुवा पक्राउ


    आइतबार, असोज ११ २०७७
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सामूहिक बलात्कार घटना आर्थिक लेनदेनमा मिलाउन प्रयास गरेपछि बलात्कारमा संलग्न आरोपीका बुवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको धुनषाधाम नगरपालिका–२ का ५५ वर्षीय सत्यनारायण यादव छन् । 

    भदौ १ मा धनुषाको धनुषाधाम नगरपालिका–२ धरमपुरस्थित सुकन यादवको धानखेतमा १२ बर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको थियो । किशारीलाई चारजना केटाले बलात्कार गरे ।

    बलात्कारमा संलग्न धुनषाधाम–२ धरमपुरका १९ वर्षीय विजयकुमार यादव र २० वर्षीय प्रतापसिंह अदालतको आदेशले पुर्पक्षका लागी सिन्धुली कारागारमा छन् । तर, बलात्कारमा संलग्न फरार आरोपी २६ वर्षीय श्यामसुन्दर यादव उर्फ बन्ठाका बावु सत्यनारायण यादवले पीडित परिवारलाई ‘१२ लाख’ मा मिलापत्र गर्न दवाव दिए । 

    गाउँमा छलफल गरेर ‘बलात्कार मिलापत्र’ गरेको प्रचार गरेपछि सत्यनारायण यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्रकुमार मिश्रले बताए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार