काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६ सय ३३, भक्तपुरमा ७२ र ललितपुरमा १ सय ४ कोरोना संक्रमित थपिएका छन् ।
जसअनुसार काठमाडौंमा २ सय ३० महिला र ४ सय ३ पुरुष, भक्तपुरमा २१ महिला र ५१ पुरुष, ललितपुरमा ४३ महिला र ६१ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
देशभर पछिल्लो २४ घण्टामा १ हजार ५ सय ७३ संक्रमित थपिएका छन् भने १० जनाको मृत्यु भएको छ ।