काठमाडौं । देशभर कोरोना भाइरसका थप १ हजार ५ सय ७३ संक्रमित फेला परेका छन् । योसँगै कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ ।
पछिल्लो २४ घण्टामा ८ सय ८५ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ५३ हजार ८ सय ९८ जना डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार १ सय २३ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ८ हजार ३ सय २१ जना र होम आइसोलेसनमा १० हजार ६ सय ९८ जना रहेका छन् । आजसम्म देशभर ६ हजार २ सय ८१ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ३३ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २ सय २५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।