काठमाडौं । लागुऔषध सेवनकर्ताको आक्रमणबाट इलाका प्रहरी कार्यालय झिलझिले झापाका इन्चार्ज इन्स्पेक्टर युवराज कटुवाल घाइते भएका छन् । हिजो साँझ झापाको शिवसताक्षी नगरपालिका-९ स्थित याङया चोकमा तीन जनाको समूहले धारिलो हतियार प्रहार गर्दा उनी घाइते भएका हुन् ।
ब्राउन सुगर सेवन गरिरहेको सूचनाको आधारमा कटुवालको कमाण्डमा सादा पोशाकमा प्रहरी टोली खटिएको थियो । तीन जना सवार मे ४ प २७५१ नम्बरको मोटरसाइकल लापरबाही हिसाबले चलाएको देखेर रोकेर सोधपुछ गर्ने क्रममा इन्स्पेक्टर कटुवालमाथि बन्चरो प्रहार गरेका थिए । बन्चरो प्रहारबाट घाइते इन्स्पेक्टर कटुवालको बिर्तामोडस्थित विएन्डसी अस्पतालमा उपचार भईरहेको प्रहरीले बताएको छ ।
उनलाई आक्रमण गरेको आरोपमा मोटरसाइकल चालक ३२ वर्षीय अरुण तामाङ, ३३ वर्षीय लक्ष्मण टुडु र ३६ वर्षीय अशोक पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend