Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बन्चरो प्रहारबाट ड्युटीमा रहेका इन्स्पेक्टर घाइते


    शुक्रबार, भाद्र ८ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । लागुऔषध सेवनकर्ताको आक्रमणबाट इलाका प्रहरी कार्यालय झिलझिले झापाका इन्चार्ज इन्स्पेक्टर युवराज कटुवाल घाइते भएका छन् । हिजो साँझ झापाको शिवसताक्षी नगरपालिका-९ स्थित याङया चोकमा तीन जनाको समूहले धारिलो हतियार प्रहार गर्दा उनी घाइते भएका हुन् ।

    ब्राउन सुगर सेवन गरिरहेको सूचनाको आधारमा कटुवालको कमाण्डमा सादा पोशाकमा प्रहरी टोली खटिएको थियो । तीन जना सवार मे ४ प २७५१ नम्बरको मोटरसाइकल लापरबाही हिसाबले चलाएको देखेर रोकेर सोधपुछ गर्ने क्रममा इन्स्पेक्टर कटुवालमाथि बन्चरो प्रहार गरेका थिए । बन्चरो प्रहारबाट घाइते इन्स्पेक्टर कटुवालको बिर्तामोडस्थित विएन्डसी अस्पतालमा उपचार भईरहेको प्रहरीले बताएको छ ।

    उनलाई आक्रमण गरेको आरोपमा मोटरसाइकल चालक ३२ वर्षीय अरुण तामाङ, ३३ वर्षीय लक्ष्मण टुडु र ३६ वर्षीय अशोक पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार