Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रौतहटमा ट्रकको ठक्करबाट महिलाको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध


    बिहिबार, भाद्र ७ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । रौतहटमा ट्रकको ठक्करबाट एकजना महिलाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका – १ हाईवेस्थित नुनथर मन्दिर जाने बाटोमा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको हो ।

    पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको पैदल यात्रीलाई ना६प १५०० नम्बरको ट्रकले ठक्कर दिँदा सोही ठाउँ ५५ वर्षीया होम माया मगरको मृत्यु भएको प्रहरीले बताएको छ ।

    महिलाको मृत्यु पछि आक्रोशित स्थानीयले ट्रकलाई नियन्त्रणमा लिएर आगजनी गरेका छन् । प्रदर्शनकारीहरूका अनुसार ट्रकले ठक्कर दिएपछि महिला घाइते भएकी थिइन् । तर, उनलाई उद्धार गर्नुको सट्टा ट्रकले ब्याक उनलाई किचेर मारेको थियो । सोही आक्रोशमा स्थानीयहरूले ट्रकमा तोडफोड र आगजनी गरेका थिए ।

    आगजनी भएपछि प्रहरीले नगरपालिकाको वारुण यन्त्रको सहयोगमा आगो निभाउने प्रयास गरेपनि आगो तत्कालै नियन्त्रणमा आउन नसकी ट्रकमा क्षति भएको प्रहरीले बताएको छ । उनका अनुसार प्रदर्शनकारीहरुले वारुण यन्त्रमा समेत ढुंगामुडा गरेका छन् । स्थानीयहरूले अहिले पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार