Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चीनको कोइला खानीमा दुर्घटना, १६ जनाको मृत्यु


    आइतबार, असोज ११ २०७७
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सांघाई । चीनक दक्षिण पश्‍चिममा पर्ने चोङचिङ नगरपालिकाको कोइला खानीमा आइतबार बिहान भएको दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । 

    चिनियाँ समाचार एजेन्सी सिन्हजारका अनुसार कमजोर औद्योगिक सुरक्षामा कारण उक्त दुर्घटना भएको हो । चीनका कोइला खानीहरु विश्वकै सबभन्दा जोखिमपूर्ण भएको रोयटर्सले जनाएको छ । 

    स्थानीय अधिकारीहरुले सिन्ह्वालाई दिएको जानकारी अनुसार खानीभित्रै अत्यधिक मात्रामा कार्बन मोनोक्साइड जम्मा भएको थियो । त्यहाँ १७ कामदारहरु थुनिएका थिए । जसमध्ये एकजनालाई उपचारका लागि अस्पताल लगिएको छ । 

    उक्त दुर्घटना चोङचिङको साङजाओ कोइला खानीमा भएको र जुन स्थानीय ऊर्जा कम्पनीसँग सम्बन्धित भएको स्थानीय अधिकारीले बताएका छन् ।  उक्त दुर्घटना हुने बित्तिकै ७५ जनाको उद्धार टोली र ३० जनाको मेडिकल टिम घटनास्थल पुगेको थियो । तर पनि खानीभित्र फसेकाहरुको ज्यान बचाउन भने सकेन । 

    दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ । रोयटर्स

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार