हेटौंडा। मकवानपुरमा खोलाले बगाउँदा एक वृद्ध दम्पत्तिको मृत्यु भएको छ।
आइतबार बिहान साढे ११ बजे मकवानपुरगढी गाउँपालिका ७ झल्लामा बस्ने ६५ वर्षीय ज्ञानबहादुर परियार र उनकी ६३ वर्षीय श्रीमती तुलसा परियारको मृत्यु भएको हो।
उनीहरूलाई सामरी खोलाले बगाएको थियो। उनीहरूको एक किलोमिटर तल शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतक वृद्धदम्पत्तिको शव उठाउने काम भइरहेको उनले बताए।