काठमाडौँ। सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको आज बिहान बसेको आकस्मिक बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य डा. राजाराम कार्कीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
उक्त बैठकले कार्कीको निधनमा विभिन्न शोक कार्यक्रम पनि तय गरेको छ । बैठकले आज र भोलि दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
यस्तै भोलि शुक्रबार केन्द्रदेखि जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने र स्वर्गारोहणको १३ औँ दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरू शोक पुस्तिका राख्ने निर्णय गरेको छ । बैठकले स्वर्गारोहणको १३ औँ दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय गरेको छ ।
कार्कीको हिजो भदौ ६ गते बुधबार निधन भएको थियो । कार्कीको पार्थिव शरीरलाई आज बिहान श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिएको थियो । कार्कीको अन्त्येष्टि आज नै पशुपति आर्यघाटमा गरिने कांग्रेसले जनाएको छ ।

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend