Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खराब मौसमका कारण कर्णालीमा हवाई सेवा प्रभावित


    बिहिबार, भाद्र ७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। कर्णालीमा दुई दिनदेखि मौसममा खराबीका कारण हवाई सेवा प्रभावित भएको छ। लगातार वर्षा जारी रहेकाले हवाई सेवा प्रभावित भएको हो।

    डोल्पाको जुफाल विमानस्थल , हुम्लाको सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हवाई उडान हुन सकेको छैन।

    हवाई उडान प्रभावित भएपछि यात्रु समस्यामा परेका छन् । सडक यातायात भरपर्दो नहुँदा हवाई सेवा लिनुपर्ने, त्यसमा पनि मौसमले समस्या भएर आउँदा हिमाली जिल्लाका सर्वसाधारणलाई यात्रा गर्न समस्या हुँदै आएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार