Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पहिरो खसेपछि दमौली-खैरेनीटार सडक खण्ड अवरूद्ध


    बिहिबार, भाद्र ७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • तनहुँ। पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको म्याग्दे गाउँपालिकामा आज बिहीबार बिहान साढे ८ बजे सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

    म्याग्दे-६ मौरीबजारमा पहिरो खस्दा दमौली-खैरेनीटार सडक खण्ड अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

    अहिले पहिरो हटाउने कार्य भइरहेकोले तनहुँ हुँदै कास्की पोखरातर्फ जाने साना तथा मझौला सवारी साधनहरूले वैकल्पिक बाटो दमौली भोर्लेटार चोकबाट कलेस्ती-पोल्याङ हुँदै कास्की निस्किने सडक प्रयोग गर्न ट्राफिक कार्यलयले अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार