काठमाडौँ। बारामा तीर्थयात्री बोकेको बस दुर्घटनामा ज्यान गुमाउने सातै जनाको सनाखत भएको छ।
बाराका डिएसपी दलिराम न्यौपानेका अनुसार मृत्यु हुनेमा महोत्तरीको लोहारपटी नगरपालिका ५ का ४१ वर्षीय विजय लाल पण्डित, भारतको राजस्थानका ७०वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीया श्रीकान्त चतुरबेदी, ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ६७ वर्षीया बैजन्ती देवी र ६५ वर्षीया मिरा देबी छन्।
२६ जना तिर्थालु बोकेको मधेश प्रदेश ०३-००१ ख ७९९४ नम्बरको बस आज बिहान साढे २ बजे बाराको जितपुरसिमरा उपमहानगरपालिका- २२ स्थित पूर्वपश्चिम राजमार्गको चुरीयामाई मन्दीर नजिकै सडकबाट १५ मिटर तल खसेको थियो।
उक्त दुर्टनामा १७ जना घाइते छन्। तीमध्ये तीन जना नेपाली रहेको डिएसपी न्यौपानेले जानकारी दिए।
भारत राजस्थानका अन्दाजी ४८ वर्षीय घनश्याम चतुरबेदी, ५३ वर्षीया माया देबी, ३५ वर्षीय अनिल कुमार, ५० वर्षीय तारावती चतुरबेदी, ४८ वर्षीय श्यामलाल माली, उनकी नातिनी ९ वर्षीया क्रितिका चतुरवेदी, ४७ वर्षीय हरवारी माली, ७० वर्षी चौथी देबी, ७२ वर्षीय सुरेस चन्द्र चक्रवती, ७३ वर्षीय राम प्रसाद, ६३ वर्षीय धरम सिंह, ६० वर्षीया ईन्दु धाकद, १६ वर्षीया गर्बिदा चतुरबेदी र ५४ वर्षीय राम कुमार चतुरबेदी घाइते छन्।
घाइते नेपाली नागरिकहरुमा महोत्तरी जलेश्वर नगरपालिकाका ३८ वर्षीय बिहारी मुखीया, धनुषाको मौवा गाउँपालिका- १८ जनकपुरका ४१वर्षीय घुरन मण्डल, महोत्तरीको लोहारपति नगरपालिका-५ का २६ वर्षीय जसबेन्दर पासवान छन्।
दुर्घटनापछि फरार रहेका चालक र सहचालकलाई धनुषाबाट नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend