Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हिमालयन एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङ अनुमति प्रकरणः पर्यटन मन्त्री नै बेखबर


    आइतबार, असोज ११ २०७७
    980
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले नागरिक उड्डन प्र्राधिकरणका महानिर्देशन राजन पोखरेललाई मन्त्रालयमा बोलाएर हिमालय एयरलाइन्सलाई ग्राउन्ड ह्याण्डलिङको अनुमतिदिएको बारेमा जानकारी लिएको मन्त्रालयको उच्च स्रोतले बतायो । मन्त्री भट्टराईले सचिव केदारबहादुर अधिकारीलाई पनि सँगै राखेर मन्त्री तथा मन्त्रालयको उच्चतहसँग कुनै पूर्वजानकारी र सहमति नलिई उक्त निर्णय लिएको बारे महानिर्देशकसँग जवाफ मागेको प्राधिकरण उच्च स्रोतले बतायो ।

    मन्त्री , सचिव र महानिर्देशकबीच भएको सो छलफलमा मन्त्री भट्टराईले अहिलेलाई उक्त निर्णय यथास्थितिमा राख्ने र हिमालय एयरलाइन्सको प्राविधिक क्षमता, व्यवसायिक प्रस्ताव, जनशक्तिलगायतका सम्पूर्ण कुराहरुको अध्ययन गरेर मात्र थप निर्णय लिन निर्देशन दिएको स्रोतकोे दावी छ । मन्त्री भट्टराईले यस्ता संवेदनशील निर्णय गर्दा मन्त्रालयको उच्च नेतृत्वलाई जानकारी गराएर मात्र गर्न पनि निर्देशन दिएको बुझिएको छ ।

    त्यस्तै, निर्देशिकामा उल्लेख भएअनुसारको मापदण्ड पूरा नगरी ग्राउण्ड ह्याण्डलिङ लिएका अरु कुनै एयरलाइन्स भए तिनको ग्राउण्ड ह्याण्डलिङ नेपाल एयरलाइन्सलाई दिन समेत मन्त्री भट्टराइले निर्देशन दिएको स्रोतको दावी छ । स्रोतका अनुसार एयर इण्डियन र थाई एयरवेजले  आवश्यक मापदण्ड पूरा नगरी बर्षौदेखि ग्राउण्ड ह्याण्डलिङ सेवा उपयोग गर्दै आएका छन् ।

    प्राधिकरणको ग्राउण्ड ह्याण्डलिङ निर्देशिका २०७२ को परिच्छेद २ को दफा ४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हप्तामा ३५ उडान गर्ने एयरलाईन्सलाई ग्राउण्ड ह्याण्डलिङ अनुमति दिन सक्ने प्रावधान छ । हिमालय एयरलाईन्सको हप्तामा ४५ उडान अनुमति स्वीकृत भएको प्राधिकरणले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार