Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपत्यकामा मात्रै प्रहरीका ६ सय ९२ जना सक्रिय संक्रमित


    आइतबार, असोज ११ २०७७
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ४ हजार १ सय ५ पुगेको छ । तीमध्ये १ हजार ८ सय ७१ जना सक्रिय संक्रमित छन् भने २ हजार २ सय ३४ जना डिस्चार्ज भएका छन् ।

    प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत २ सय ९१ जना संक्रमित छन् भने काठमाडौं उपत्यकामा ६ सय ९२ जना सक्रिय संक्रमित छन् ।

    यस्तै प्रदेश १ मा १ सय ६२ जना सक्रिय संक्रमित छन् । प्रदेश २ मा १ सय ५८ जना, बागमती प्रदेशमा १ सय २४ जना, गण्डकी प्रदेशमा १ सय ५६ जना, प्रदेश ५ मा १ सय ५३ जना, कर्णाली प्रदेशमा ५५ जना र सुदूरपश्चिम प्रदेशमा ८० जना सक्रिय संक्रमित छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार