काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट विदेशमा थप २१ नेपालीको मृत्यु भएकाे छ।
गैरआवासीय नेपाली संघका अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जना गरी थप २१ जनाकाे मृत्यु भएकाे हाे। शनिवार साँझसम्म १७ देशमा रहेका २ सय ६५ नेपालीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भइसकेकाे छ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार शनिबार साँझसम्म नेपालबाहेक विभिन्न ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् ।