Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • ६ वर्षदेखि कोमामा रहेका भाजपा पूर्व नेता जसवन्त सिंहको मृत्यु


    आइतबार, असोज ११ २०७७
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नयाँ दिल्ली। भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन भएको छ। भारतीय जनता पार्टी (भाजपा) का संस्थापक सदस्य मध्ये एक जसवन्त सिंहको ८२ वर्षको उमेरमा आइतबार निधन भएको हो।

    उनी पछिल्लो ६ वर्षदेखि कोमामा थिए। सन् २०१४ मा घरकै बाथरुममा लडेपछि जसवन्त सिंहको टाउकोमा गम्भीर चोट लागेको थियो । त्यसयता उनी कोमामा थिए। 

    राजस्थानको बाडमेरका जसवन्तले अटल विहारी बाजेपेयीको सरकारमा विदेश, रक्षा र वित्त मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनी भारतीय सेनाका पूर्व मेजर पनि हुन् । एजेन्सी

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार