Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ज्ञान निकेतन स्कुलभित्र पसेको भैंसी नियन्त्रणमा लिइयो


    बुधबार, भाद्र ६ २०८०
    1000
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बुद्धनगरस्थित ज्ञान निकेतन स्कुलभित्र पसेको भैंसीलाई डार्ट प्रयोग गरी नियन्त्रणमा लिइएको छ । डिभिजन वन कार्यालयको प्राविधिक टोलीले डार्ट प्रयोग गरी भैंसीलाई नियन्त्रणमा लिएको हो ।

    बुद्धनगर र शंखमूल क्षेत्रमा आज बिहान अनियन्त्रित अवस्थामा हिँडेको भैंसीले आक्रमण गर्न सक्ने डरले स्थानीय आतंकित थिए । उक्त भैंसी गल्लीगल्ली चहार्दै ज्ञान निकेतन स्कुलभित्र प्रवेश गरेर ग्यारेजमा बसेको थियो ।

    भैंसीले क्षति पुर्‍याउन सक्ने भएकाले आज बिहानभर सशस्त्र र नेपाल प्रहरीको टोलीले निगरानी गरेको थियो । उक्त भैंसी स्कुलको ग्यारेजभित्र प्रवेश गरेर बसेपछि नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाको टोलीले डिभिजन वन कार्यालयको टोलीलाई खबर गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार