Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत


    बुधबार, भाद्र ६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको हो ।

    प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागीताका लागि भ्रमण स्वीकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

    महासभा सेप्टेम्बर १० देखि अमेरिकाको न्यूयोर्कमा हुँदैछ। ५ दिनसम्म अमेरिकामा रहेर उनी त्यतैबाट उत्तरी छिमेकी चीनको भ्रमणमा लाग्ने तयारीमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार