Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पर्यटन मन्त्री किराँतीलाई पितृ शोक


    बुधबार, भाद्र ६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ । उनका पिताको आज बिहान निधन भएको हो ।

    पिताको निधनको जानकारी दिँदै मन्त्री किराँतीले आफू पूर्ण रूपमा टुहुरो भए पनि कर्तव्यबाट टुहुरो बन्न नमिल्ने बताएका छन् ।

    उनले फेसबुकमा लेखेका छन्,‘भरखरै बुबाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभयो ! उप्रान्त बुवा आमा त रहनु भएन रह्यो त केवल खिची छोडेको तस्बिर आँखामा । पितृत्व र मातृत्व छाती भित्र । आज बाट हामी पूर्ण रूपमा टुहुरो भयौँ तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकी जीवन उहाँहरूको सेवामा लगाउने छु । निःशब्द छु तर भन्न बाध्य छु बुवा हार्दिक श्रद्धाञ्जली !’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार