Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजको मौसम : केही स्थानमा भारी वर्षाको सम्भावना


    आइतबार, असोज ११ २०७७
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ ।आज देशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान जारी गरेको मौसम बुलेटिनमा भारतको बिहारमा न्यून चापीय क्षेत्र कमजोर हुने क्रममा रहेको उल्लेख छ।

    अहिले प्रदेश नं. १ मा पूर्णतया बदली बाँकी प्रदेशमा सामान्य बदली रहेको छ। आइतबार दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा मेघ गर्जनर चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एकर दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

    राती प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रही एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार