काठमाडौँ। चार देशबीचको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले हङकङलाई ६ विकेटले पराजित गरेको छ। आज मलेसियामा भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई पराजित गर्दै जित हात पारेको हो ।
हङकङले दिएको ८५ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।
नेपालका लागि सम्झना खड्काले नटआउट ३६ रन जोडिन्। उनले ३६ बल खेल्दा ५ चौका प्रहार गरिन्। यस्तै सीता राना मगर ३ रनमा नटआउट रहिन्।
राष्ट्रिय टिममा डेब्यू गरेकी ओपनर पूजा महतोले १६ रन जोडिन्। अर्की ओपनर विन्दू रावल शून्यमा आउट हुँदा इन्दू वर्माले ९ रन जोडिन्। कप्तान रूबिना क्षेत्री १० रनमा आउट भएकी थिइन्।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङ पाँच बल खेल्न बाँकी छदा ८४ रनमा अलआउट भयो। हङकङका लागि का यिङ चानले ३४ रन र यान चानले १६ रन जोडिन्। अरु ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
बलिङमा नेपालकी सीता राना मगरले ५ विकेट लिइन्। उनले ४ ओभरमा १६ रन खर्चिइन्। इन्दू बर्माले २ विकेट हात पार्दा कविता कुँवर र पूजा महतोले १-१ विकेट आफ्नो नाममा लेखाए।
सिरिजमा अब नेपालले भोलि कुवेत र शुक्रबार मलेसियासँग खेल्नेछ।
त्यसपछि नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया छनोट खेल्नेछ।
मलेसियामा हुने प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन्। नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन्।
प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा अगस्ट ३१ मा आयोजक मलेसियासँग खेल्नेछ।
समूह ‘बी’ मा ५ टिम छन्। प्रतियोगिताबाट दुई टिम विश्व छनोटमा पुग्नेछन्।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend