काठमाडौँ। चार देशबीचको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले हङकङलाई ६ विकेटले पराजित गरेको छ। आज मलेसियामा भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई पराजित गर्दै जित हात पारेको हो ।
हङकङले दिएको ८५ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।
नेपालका लागि सम्झना खड्काले नटआउट ३६ रन जोडिन्। उनले ३६ बल खेल्दा ५ चौका प्रहार गरिन्। यस्तै सीता राना मगर ३ रनमा नटआउट रहिन्।
राष्ट्रिय टिममा डेब्यू गरेकी ओपनर पूजा महतोले १६ रन जोडिन्। अर्की ओपनर विन्दू रावल शून्यमा आउट हुँदा इन्दू वर्माले ९ रन जोडिन्। कप्तान रूबिना क्षेत्री १० रनमा आउट भएकी थिइन्।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङ पाँच बल खेल्न बाँकी छदा ८४ रनमा अलआउट भयो। हङकङका लागि का यिङ चानले ३४ रन र यान चानले १६ रन जोडिन्। अरु ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
बलिङमा नेपालकी सीता राना मगरले ५ विकेट लिइन्। उनले ४ ओभरमा १६ रन खर्चिइन्। इन्दू बर्माले २ विकेट हात पार्दा कविता कुँवर र पूजा महतोले १-१ विकेट आफ्नो नाममा लेखाए।
सिरिजमा अब नेपालले भोलि कुवेत र शुक्रबार मलेसियासँग खेल्नेछ।
त्यसपछि नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया छनोट खेल्नेछ।
मलेसियामा हुने प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन्। नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन्।
प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा अगस्ट ३१ मा आयोजक मलेसियासँग खेल्नेछ।
समूह ‘बी’ मा ५ टिम छन्। प्रतियोगिताबाट दुई टिम विश्व छनोटमा पुग्नेछन्।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। अल अमिरात मैदानमा केही बेरअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। आईसीसी...
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) को सदस्यमा मनोनीत गरेको दुई हप्ता नपुग्दै गुन्जन शाह ठकुरीलाई उक्त पदबाट फिर्ता बोलाएको...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढीपहिरो प्रभावितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend