Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सोमपाललाई ‘प्लेयर अफ द सिरिज’ को अवार्ड 


    सोमबार, कार्तिक ५ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सोमपाल कामी अमेरिकाविरुद्धको टी-२० सिरिजको प्लेयर ‘अफ द सिरिज’ बनेका छन् ।

    ३ खेलमा ५ विकेट लिएका सोमपालले दोस्रो टी-२० जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

    सोमपालले दोस्रो खेलमा अन्तिम ओभरमा ७ रन डिफेन्ड गर्दै खेललाई सुपर ओभरमा पुर्याएका थिए । सुपर ओभरमा सोमपालले नै बलिङ गर्दै केवल २ रन दिएर दुवै विकेट लिदै नेपालको जितको आधार तयार गरेका थिए । त्यस्तै तेस्रो तथा अन्तिम खेलमा सोमपालले ३ विकेट लिएका थिए ।

    तेस्रो खेलमा अर्धशतक बनाएका आसिफ सेख प्लेयर अफ द म्याच बनेका छन् ।

    तेस्रो खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गर्दै सिरिज क्लीन स्वीप गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार