Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ३ महिनादेखि रोकिएको पोखराको हट एयर बलुन पुनः सञ्चालनमा आउने


    मंगलबार, भाद्र ५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। मनसुन (बर्खा) का कारण करिब ३ महिना रोकिएको पोखराको हट एयर बलुन पुन: सञ्चालनमा आउने भएको छ । उक्त हट एयर बलुन आगामी सेप्टेम्बर १ देखि पुनः सञ्चालनमा आउने भएको छ ।

    मौसममा सुधार भएसँगै पोखराको साहसिक पर्यटनलाई ध्यानमा राख्दै पुनः हट एयर बलुन उडानको सुरु गर्न लागिएको बलुन नेपालले जानकारी दिएको हो ।

    हट एयर बलुन साहसिक पर्यटकीय खेल हो । पछिल्लो समय साहसिक पर्यटनका पारखीहरूको रोजाइमा यो खेल परेको बेलुन नेपालका अध्यक्ष विक्रम बादेले जानकारी दिए ।

    करिब ६ हजार फिट माथिसम्म हट एयर बेलुनमा उड्दा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालहरू, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङ्कोट मान्द्रेढुङ्गाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा उपत्यका आसपासको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

    विगतमा एक मात्रै बेलुन उडाइरहेको यस कम्पनीले अब भने २ वटा बेलुन उडाउनेछ । अमेरिकी र भियतनामी गरी दुई जना पाइलटले बलुन उडाउनेछन् ।

    पोखराको पामेबाट हट एयर बलुन उडान हुने बादेले जानकारी दिए । उनका अनुसार बिहान र बेलुका गरी दुई सिफ्टमा बलुन उडाइनेछ । बिहान ५ बजेदेखि ९ बजेसम्म र बेलुका ३ बजेदेखि ६ बजेसम्म उडान हुने बादेले जानकारी दिए ।

    कम्पनीका अनुसार तीन वर्ष उमेर कटेका नागरिकले हट एयर बलुनमा उड्न सक्नेछन् ।

    कति लाग्छ शुल्क ?

    हट एयर बलुनमा उड्नका लागि नेपाली पर्यटकलाई ९ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । यस्तै सार्क मुलुकका पर्यटकका लागि १०० डलर र अन्य मुलुककालाई १३० डलर शुल्क कायम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार