Nepal Face
  • आइतबार, १० साउन २०८३
    • राजनीति
    • समाचार
      प्रदेश
    • अर्थ
    • प्रशासन
    • विचार
    • विशेष
    • खेलकुद
    • प्रविधि
    • फोटो
    • भिडियो
    • अन्तर्राष्ट्रिय

    यहाँ टाईप गर्नुहोस्...

      NepalFace
      • राजनीति
      • समाचार
        • प्रदेश
      • अर्थ
      • प्रशासन
      • विचार
      • विशेष
      • खेलकुद
      • प्रविधि
      • फोटो
      • भिडियो
      • अन्तर्राष्ट्रिय
    • राष्ट्रिय स्वतन्त्र पार्टी
    • नेकपा एमाले
    • रवि लामिछाने
    • केपी शर्मा ओली
    • नेपाली कांग्रेस
    • काठमाडौँ महानगरपालिका
    • प्रतिनिधिसभा

    कोरोना कहरकै बीच पठनपाठन


    Basu Dev Paudel
    आइतबार, असोज ११ २०७७
    725
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • 725
  • सेयर
  • सांकेतिक तस्वीर 
    बनेपा । काभ्रेपलाञ्चोकमा विद्यालय सञ्चालन गरी पठनपाठन शुरु गरिएको छ । कोरोना भाइरस महामारीको सङ्क्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय विस्तारै सञ्चालनमा आएका हुन् । जिल्लाको पाँचखाल नगरपालिका, तेमाल र रोशी गाउँपालिकालगायतले कक्षा सञ्चालन गरी पठनपाठन शुरु गरेका हुन् । काभ्रेपलाञ्चोकको पाँचखालले सोमबारबाट, तेमालले मङ्गलबार र रोशीले बुधबारबाट सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा ल्याएका हुन् ।
     
    पाँचखालको नगरकार्यपालिकाले विद्यालयलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएर सोमबारबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेसँगै लामो समयदेखि बन्द रहेको विद्यालय सञ्चालनमा आएको नगरपालिकाले जनाएको छ । विद्यालय सञ्चालन गर्न यसअघि नगर शिक्षा समितिले शैक्षिक कार्यविधि तयार गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि विद्यालय व्यवस्थापन समिति, अभिभावकलगायत सरोकारवालासँग छलफल गरी आवश्यक स्वास्थ्य सुरक्षा विधि अपनाएर विद्यालय सञ्चालन गरेको वडा नं ४ लामीडाँडास्थित गोल्मादेवी प्राथमिक विद्यालयका प्रधानाध्यापक विद्यालक्ष्मी देउजाले बताउनुभयो । “हामीले शिक्षण गर्दा भौतिक दूरी कायम गर्नुका साथै आवश्यक स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गरी बुधबारबाट कक्षामा पठनपाठन सञ्चालन गरेकामा अझै पनि सबै विद्यार्थीलाई विद्यालयमा नआइसकेकाले सबैलाई ल्याउने प्रयत्न भइरहेको छ”, उहाँले भन्नुभयो ।
     
    बन्दाबन्दीका कारण विद्यालय बन्द हुँदा अवरुद्ध रहेको शिक्षण क्रियाकलापलाई असार १४ गतेबाट ‘टोल शिक्षा’को रूपमा टोलटोलमा नै गएर पढाउने र साउन १६ गतेबाट ‘हेलो लर्निङ’ भनेर शिक्षकलाई अनलाइनबाट हप्तामा दुई दिन भए पनि पढाउने व्यवस्था गरेकामा अहिले आएर सोमबारबाट प्रत्यक्षरूपमा कक्षामा नै आएर पढाउन थालेको प्रधानाध्यापक देउजाले बताउनुभयो । विद्यालय सञ्चालनमा आएपछि पहिलोपटक कक्षाकोठामा बसेर पढन् पाउँदा खुशी लागेको सोही वडास्थित जिरोकिलोमा रहेको इन्द्रेणी विद्यामन्दिर कक्षा ७ का कृष्पा न्यौपानेले बताउनुभयो । “बन्दाबन्दीका बेलामा घरमा बस्दा आफँैले किताबको उदाहरणहरु हेर्दै स्वअध्ययन गरिरहेको थिएँ तर त्यसरी पढ्दा नबुझेका कुराहरुमा धेरै समय अल्झिनुपरेको थियो”, उहाँले भन्नुभयो । परिस्थिति हिजोको भन्दा सहज नभए पनि मनस्थिति बलियो बनाएर आफूहरुले कक्षा सञ्चालन गरेको विद्यालयका प्रिन्सिपल रामहरि सापकोटाले बताउनुभयो । “पढाउँदा भौतिक दूरी कायम राखेर मास्क अनिवार्य गराएका छौँ”, उहाँले भन्नुभयो, “कोरोनासँग भागेर होइन, त्यसका विरुद्धमा लड्दै एउटा कक्षामा १० वटा बेञ्च राखेर दैनिक बिहान, दिउँसो र बेलुकाको सत्र बनाएर पठनपाठन शुरु गरेका छौँ ।” सो वडाका वडाध्यक्ष सुन्दर लामाले अभिभावकबाट नै अब पठनपाठन शुरु गर्नुपर्छ भन्ने खालको सुझाव आएपछि विद्यालय व्यवस्थापन समिति, अभिभावकसँग छलफल गरेर विद्यालय सञ्चालनमा ल्याएको बताउनुभयो । विद्यालय सञ्चालनमा आएसँगै नगरप्रमुख महेश खरेलले विद्यालय सञ्चालनको अवस्था र त्यहाँ भएको समस्याहरुका बारेमा अनुगमन गरी जानकारी लिने काम गर्दै आउनुभएको छ । लामो समयसम्म घरमै रहँदा विद्यार्थीमा हुनसक्ने मानसिक तनावलाई मध्यनजर गर्दै विद्यालय सञ्चालन गरी पठनपाठन शुरु गरेको उहाँले बताउनुभयो । नगरभित्र सामुदायिक ३९ र संस्थागत ११ विद्यालय रहेका छन् । उता तेमाल गाउँपालिकामा विद्यालय अनुकूलता हेरेर सञ्चालनमा आएका छन् । वडा नं ७ स्थित भूमेश्वर आधारभूत विद्यालय कुरुवासमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक कर्मचारीको संयुक्त बैठकले मङ्गलबारबाट दिनको तीन सत्रमा चलाउने निर्णय गरिएबमोजिम बिहान, दिउँसो र बेलुका गरी कक्षा सञ्चालन शुरु गरेको छ ।
     
    विद्यालयका प्रधानाध्यापक कुवाङछु लामाका अनुसार बालकक्षा भने हप्ताको छ दिन नै सञ्चालन गर्ने निर्णय गरेको छ । तेमालका सबै विद्यालय आ–आफ्नो अनुकूलता मिलाएर सिकाइ सहजीकरण कार्यविधिअनुसार कक्षा सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष सलामसिं लामाले विद्यालय क्षेत्रमा पूर्णरूपमा निर्मलीकरण गरेर सबै विद्यालयमा मास्क, स्यानिटाइजर र साबुनलगायतका स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेपछि पठनपाठन शुरु गरेको बताउनुभयो । तेमालमा ४१ विद्यालय छन् ।
     
    त्यस्तै रोशी गाउँपालिकाले पनि बुधबार सूचना जारी गर्दै गाउँकार्यपालिकोका बैठकले गाउँ शिक्षा समितिले तयार गरेको सिकाइ सहजीकरण निर्देशिका, २०७७ लाई स्वीकृत गर्दै त्यसका आधारमा पठनपाठन शुरु गर्न विद्यालयलाई निर्देशन जारी गरेको छ । सोअनुरुप ३० जनाभन्दा कम विद्यार्थी भएको विद्यालयले सरोकारवालासँगको छलफलमा दैनिक एक सिफ्टमा सिकाइ सहजीकरण गर्ने, ५० र ७५ जनाभन्दा कम विद्यार्थी सङ्ख्या भएको विद्यालयले दुई सिफ्टमा कक्षा सञ्चालन गर्ने, एक सयजनाभन्दा कम भएको विद्यायले तीन सिफ्टमा सञ्चालन गर्ने र एक सयभन्दामाथि विद्यार्थी सङ्ख्या भएको विद्यालयले बारअनुसार दैनिक तीन सिफ्टमा कक्षा सञ्चालन गर्न पाउने गरी निर्देशन जारी गरेको शिक्षा तथा खेलकुद शाखा प्रमुख रामबहादुर तामाङले बताउनुभयो । विद्यालय सञ्चालन गर्नुपूर्व पालिकाले विद्यालयलाई व्यक्तिगत सुरक्षा सामग्री स्यानिटाइजर र मास्क वितरण गरेको थियो ।  रासस
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार
    • एमबीएसको प्रश्न पत्र आउट गरेको आरोपमा २ जना पक्राउ 

    • गगन थापाले अन्तिम समयमा किन गरे भारत भ्रमण स्थगित ?

    • प्रदेशसभा विघटनबाट जोगाउन एमालेसँग सहकार्य भएको हो: नारायणकाजी श्रेष्ठ

    • सेनाको ब्याकअपमा बंगलादेशदेखि नेपालमा आगजनी र ज्यानकै क्षति, भारतमा कक्रोचले भोग्यो यस्तो नियति

    • सुदूरपश्चिममा एमालेका खगराज भट्टको नेतृत्वमा नयाँ सरकार बन्दै 

    • कोशीमा कार्कीलाई हटाएर मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउँदै एमाले

    • नागढुंगा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन गरिँदै: तत्कालका लागि आकस्मिक सवारीलाई मात्र अनुमति

    • पर्सामा आँप बगैंचामा लुकाएर राखेको १४० किलो बरामत

    • सुलभसँग अवैध कारोबार गरेकी मृदुलालाई छुटाउन चलखेल, नक्कली बिरामी बनाएर नर्भिकमा भर्ना

    • यात्रुसहितको ईभी गाडी त्रिशूली नदीमा खसेर बेपत्ता

    सम्पर्क

    आकर्षक मिडिया प्रा. लि.
    अनामनगर मच्छिगल्ली, काठमाडौं
    सुचना तथा प्रसारण विभाग
    १७८०/०७६-७७
    ईमेल: nepalface21@gmail.com
    सम्पर्क नम्बर : ०१-४१०२६८२

    हाम्रो टिम

    अध्यक्ष
    माधव प्रसाद पौडेल

    सम्पादक
    राजुप्रसाद तिमल्सिना

    हाम्रो मिनु
    • समाचार
    • राजनीति
    • देश
    • विचार ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • अर्थ बिजनेस
    • स्वास्थ्य
    • देश
    • खेलकुद
    • मनोरञ्जन
    • तस्विरहरु
    लिंकहरु
    • हाम्रो बारेमा
    • सम्पर्क
    • हाम्रो टिम
    • विज्ञापनका लागि
    • प्रयोगका सर्त
    • सामाजिक संजालमा
    • फेसबुक ट्वीटर युट्युब इन्स्टाग्राम
    logo
    यूनिकोड भिडियो

    © 2026 All right reserved to nepalface.com  | Site By : SobizTrend