Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोरु काटेको अभियोगमा तीन जना पक्राउ


    शनिबार, असोज १० २०७७
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • झापा । झापाको अर्जुनधारा नगरपालिका–५ स्थित बैसाबारीमा गोरु काटेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा अर्जुनधारा–५ स्थित बैसाबारीका २० वर्षीय इमन दाहाल, २७ वर्षीय वीरबहादुर दनुवार र २७ वर्षीय टीकाराम दनुवार रहेका जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।

    आज बिहान ८ बजे उनीहरुले गोरु काटेर खाएको, गोरुको टाउको र खुट्टा नजिकै रहेको उखुबारीमा गाडेको भनेर स्थानीयवासीले प्रहरी चौकी खबर गरेका थिए । उखुबारीमा गाडिएको अवस्थामा टाउको र खुट्टासमेत फेला पारिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार